|

चीन र ताइवानबीच फेरि तनाव चुलिएको छ। ताईवानले अमेरिकासँग थप सम्बन्ध बनाएलगत्तै चीनले ताइवान र यसका वरपरका क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई बढाएको छ।

ताइवानको रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ सेनाले पछिल्लो २४ घण्टामा ताइवानको क्षेत्रमा १०३ ओटा युद्धक  विमानहरु पठाएको जनाएको छ।

पछिल्लो २४ घण्टाभित्र चीनले ताइवानमा पठाएको सबैभन्दा धेरै युद्धविमान रहेको ताइवानले जनाएको हो। ताइवानको रक्षा मन्त्रालयका अनुसार हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म चिनियाँ युद्धक विमानहरु ताईवानको सीमा क्षेत्र वरिवरि घुमिरहेका फेला पारेको जनाएको छ।

तर, चनियाँ युद्धक विमानहरू ताइवानको सिमा पार गरेर भने नगएको जनाइएको छ। चीनले ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ। पछिल्लो समय चीन र अमेरिकाबीचको तनावसमेत बढ्दै जाँदा चीनले ताइवानमा सैन्य शक्ति प्रदर्शनलाई बढावा दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.