|

काठमाडौं : नवलपरासीको वसन्त माध्यमिक विद्यालय वसन्तपुरले अनिश्चितकालीन विद्यालय बन्द गरेको छ।  शिक्षक आन्दोलनमा सहभागी हुनुपर्ने भन्दै सबै पठनपाठन बन्द गरेको विद्यालयले जनाएको हो। 

विद्यालयको प्रधानाध्यापक गोविन्दप्रसाद गौतमले थाहाखबरसँग भने, 'असोज ४ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छौँ' उनले थपे,'शिक्षकहरू काठमाडौंमा आन्दोलनमा जानुपर्ने भएकाले विद्यालय कहिले खुल्छ कुनै टुंगो छैन।'

विद्यालयका अनुसार आगामी असोज ४ गतेदेखि विद्यालय बन्द गरिनेछ। कहिलेबाट सञ्चालन हुने भन्नेमा केही टुंगो छैन। 

नेपाल शिक्षक महासंघले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आगामी असोज ३ गतेदेखि देशभरका सबै विद्यालय बन्द गर्ने घोषणा गरिसकेको छ। उक्त आन्दोलनमा ऐक्यवद्धता जनाउँदै विद्यालयहरुले विद्यालय बन्द घोषणा गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.