|

नवलपरासी : नारायणी नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको छ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ का स्थानीय सुमन कुमालका २ छोरा १४ वर्षका सविन र ९ वर्षका संगमको मृत्यु भएको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। आज (सोमबार) दिउँसो पौडी खेल्न गएका उनीहरु नारायणीमा डुबेका हुन्।

स्थानीयसहित प्रहरी टोलीले नदीबाट उद्धार गरेर अस्पताल पुर्‍याए पनि उनीहरुलाई बचाउन नसकिएको हो। डुबेका बालकहरुलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्‍याउनासाथै चिकित्सकले मृत घोषणा गरेको डिएसपी पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.