|

काठमाडौँ : सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ।

उनले पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमार्फत रकम निकालेका पाइएकाे छ।

उनले पटकपटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानमा खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.