|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए। महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलीवचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेशसमेत दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.