यसरी शुरु भयाे एनआरएनए यात्रा

|

काठमाडौँ : देश र समाज विकासमा तल्लिन गैर-आवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटा संगठनलाई कसरी चुस्त र चलायमान बनाउन सकिन्छ भन्नेमा नै चिन्तित हुन्छन्।

विश्वभरका गैर-आवासीय नेपालीलाई एकताबद्ध गर्ने र संगठनसँग जोड्दै भाइचारालाई बलियो बनाउने कार्यमा उनी सक्रिय छन्। उनीहरूको एकताले नै मुलुकको विकास र समृद्धिमा टेवा पुर्याउन सकिन्छ भन्नेमा उनको विश्वास छ। 

एनआरएनएभित्र मिलनसार, मृतुभाषी र अरू अभियन्ताहरूको विश्वास जित्न सफल सापकोटाको जनसम्पर्क निकै सशक्त रहेका उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। 

सापकोटा गैरआवासीय नेपाली संघमा तथ्यमा जानकार र जनसम्पर्कमा अब्बल सदस्यका रूपमा मानिन्छन्। हरेक सदस्यसँग व्यक्तिगत सम्पर्क रहेका उनी मुद्दामा गम्भीर छलफल र निष्कर्ष निकाल्नका लागि माहिर छन्। 

उनी समग्र एनआरएनएको सुदृढीकरण र एकतामा समेत सक्रिय छन्। विश्वभरका एनआरएनए अभियन्तासँग निरन्तर सम्पर्कमा रहिरहने र उनीहरूलाई संस्थामा आबद्ध गराउन प्रेरित गर्ने उनको विदेशी संघसंस्था र राजनीतिककर्मीहरूसँग पनि राम्रो सम्बन्ध रहेको छ। हुन पनि विदेश बसाइको २८ वर्षको अवधिमा उनी आधा दर्जन हाराहारीको देशमा बसेर त्यहाँको वातावरणसँग भिजिसकेका छन्। 

भूकम्पबाट थिल्थिलो भएको पर्यटनलाई माथि उठाउन पनि भूमिका खेलेका थिए। भूकम्पको बेला नेपाल सुरक्षित छ भनेर सन्देश प्रवाहमा पनि उनको भूमिका रहेको छ। घरदेशलाई परदेशसँग जोड्न पनि उनको महत्त्वपूर्ण भूमिका रहेको छ। यो क्रम अझै जारी छ। 

नेपाली उत्पादनलाई युरोप क्षेत्रमा लगेर बजारीकरण गर्न पनि उनको भूमिका रहेको छ। गोल्डेन एभरेस्ट मिनीमार्टलगायतका व्यवसाय सञ्चालन गरेर नेपालको प्रोमोसन गर्दै नेपालका उत्पादनलाई बेच्न उनले भूमिका खेलेका छन्। 

पछिल्लो समय बेलायतलाई कर्मभूमि बनाएर विश्वभर आफ्नो जनसम्पर्क बढाउन सफल सापकोटा २०२२ मा मन्त्रिपरिषद्को निर्णयअनुसार वेल्सका लागि नेपालको टुरिजम सद्भावना राजदूत नियुक्त भएका थिए। 

२८ वर्षे प्रवास बसाइमा उनी जहाँ जहाँ पुगे सो देशका स्थानीय सरकार, मिडिया, गैरआवासीय नेपाली, सामाजिक संघसंस्था, एनजीओ तथा आईएनजीओ, उद्योगीलगायतसँग समन्वय गर्दै नेपालसँग निरन्तर जोडिने प्रयास गरिरहे। यतिमात्रै होइन उनले भारतमा रहेको करिब ५० लाख नेपाली समूदायलाई समेत कुनै न कुनै माध्यमबाट एनआरएनएमा जोड्नुपर्छ भन्ने उद्देश्यसहित पहलकदमी लिँदै आएका छन्। 

यस्तै विश्वका विभिन्न देशभा रहेका गैरनेपाली तर नेपालीभाषीहरूलाई समेत कहीँ न कहीँ नेपालसँग जोड्ने र दोस्रो पुस्तालाई फ्री भिसामार्फत अध्ययन तथा अवसरका लागि नेपाल ल्याउनपर्छ भन्ने मान्यता उनको रहिआएको छ। त्यसका लागि प्रययत्नशील रहेका सापकोटा कुनै पनि किसिमले नेपालीलाई हित हुने गरी अभियान सञ्चालन हुनुपर्ने धारणा राख्छन्।


 
गोरखा सैनिकका साथै सिंगापुर पुलिसमा रहेका नेपालीलाई पनि एनआरएनएले कुनै न कुनै ढंगले जोड्नुपर्ने उनको धारणा छ। उनी भन्छन्, ‘जुन प्रक्रियाबाट अवसरको खोजीमा विश्वसका जुनसुकै देशमा पुगे पनि नेपाली मूलका नेपालीभाषीहरूलाई कुनै न कुनै प्रक्रियाबाट जोडिरहनुपर्छ भन्ने मेरो धारणा छ।’ उनले अगाडि थपे, ‘उनीहरूको समस्या गैरआवासीय नेपालीले समाधान गर्न पहलकदमी लिनुपर्छ। साथसाथै उनीहरूबीचमा रहेको भावना, पुँजी र सिप देश विकासमा लगानी गर्नुपर्छ।’

नेपालमा राजनीतिक दल, दलका नेताका साथै सामाजिक संघसंस्था र कर्मचारी प्रशासनसम्मसमेत राम्रो सम्बन्ध बनाएका उनको जनसम्पर्क कै कारण नेपाल र विश्वभरका एनआरएनएमाझ खास पहिचान छ। जसअनुसार उनले माल्टा, डेनमार्क, बेलायतलगायत विभिन्न देशका दल र राजनीतिकर्मीहरूसँग निकट सम्बन्ध राख्दै नेपालको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन्। 

उसो त अन्तर्राष्टिय सामाजिक संघसंस्थाहरूमा समेत आबद्ध भएका उनी लायन्स क्लब अफ इन्टरनेशनलमा आबद्ध रही लायन्सहरूलाई पनि नेपालमा जोड्ने कार्यमा संलग्न छन्। चौतर्फी समन्वयकारी भूमिकामा रहेका सापकोटा सबै खाले एनआरएनए अभियन्ताबीच रूचाइएका पात्र हुन्।

यसरी शुरू भएको थियो एनआरएनए यात्रा

सन् १९९६ मा नेपालबाट अवसरको खोजीमा स्ट्जिरल्याण्ड पुगेका उनी त्यहाँ एक वर्ष बसेपछि जर्मनी बसाइँ सरे। त्यहाँ पनि दुई वर्ष बसेपछि छोटो समय हल्याण्डमा रहँदै पछि बेल्जियम पुगे।

बेल्जियम हुँदै १९९९ को अप्रिलदेखि पोर्चुगलमा बसाइ सरेका सापकोटा जहाँ पुगे त्यहाँ पुगेर नेपाल र नेपाली समुदायको पक्षमा खुलेर लागिपरे।  रोचक त के छ भने उनी पोर्चुगलमा १३औँ नम्बरको नेपालीका रूपमा त्यहाँ पुगेका थिए। जहाँ अहिले ७० हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको छ। 

त्यहाँ पुगेसँगै सामाजिक गतिविधिमा व्यस्त उनले पोर्चुगल नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर नेपाल र पोर्चुगललाई जोड्ने काम गरे। यसैगरी गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, नेपाली समाज पोर्चुगललगायतमा उनी सक्रियताका साथ लागिपरे भने त्यहाँ आफ्नो छुट्टै पहिचान बनाउन सफल भए।

उनले गैर आवासीय नेपाली संघ स्थापनादेखि नै विभिन्न पदमा रहेर योगदान पुर्याएका छन्। विभिन्न देशमा नेपाललाई जोड्ने तथा विदेशमा आर्जित पुँजी र सीपलाई नेपालमा भित्रयाउनमा उनले सक्रिय भूमिका निभाएका छन्। एनआरएनए अभियानमा पनि उत्तिकै लागेका पाइन्छ।

सन् २००६ मा गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य भएका उनी २००८ मा राष्ट्रिय समन्वय परिषद् डेनमार्कका संस्थापक अध्यक्ष भए। सन् २०११ मा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य भए भने २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोपको उपयसंयोजक भए।

सन् २०१५ मा केन्द्रीय सदस्य तथा सन् २०१७ मा केन्द्रीय कोषाध्यक्ष हुँदै २०२१ मा केन्द्रीय सल्लाहकार र हाल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता भएर काम गरिरहेका छन्। 

एनआरएनए डेनमार्कलाई जन्माउँदै अध्यक्ष बने भने त्यहाँ पनि बिर्सनै नसकिने केही काम गर्न सफल भए। त्यसमध्ये एउटा कोप १५ मा सक्रियतासाथ नेपाललाई विश्वसामु चिनाउन नेतृत्वदायी भूमिका खेलेका थिए सापकोटाले। सो क्रममा उनले नेपाल पर्यटन बोर्डको जनप्रतिनिधि भएर नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए। 

डेनमार्कमा ७ वर्ष बिताएका उनले सोही समयमा जहाँ नेपाली त्यहाँ गैरआवासीय नेपाली संघ भन्ने नाराका साथ स्वीडेन र चेकरिपब्लिकमा राष्ट्रिय समन्वय समिति गठन गरेका थिए। यस्तै थप अवसर र पारिवारिक दायित्व पुरा गर्ने क्रममा २०१७ मा बेलायत पुगे। बेलायतका साथसाथै व्यवसायको सिलसिलामा २०२० मा माल्टा पुगेका उनले आफ्नै सक्रियतामा एनआरएनएको राष्ट्रिय समन्वय समिति बनाए। 

सोही क्रममा माल्टा र नेपाललाई जोड्नका लागि माल्टा नेपाल चेम्बर अफ कमर्स गठन गरेर दुई देशबीचको व्यापारलाई जोड्नका लागि समन्वयकारी भूमिका खेलेका थिए। यस्तै माल्टा नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर समग्र देशलाई नै जोड्ने काम गरेबापत उनलाई नेपाल पर्यटन बोर्डले माल्टाको मानार्थ जनप्रतिनिधि नै चयन गरेको थियो। 

छोटो समय माल्टा बसाइका क्रममा उनले नेपाल र माल्टाको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेल्दै भिजिट नेपाल २०२० का लागि विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए।

विभिन्न देशमा रहँदा उनले पर्यटनसँग सम्बन्धित संघ-संगठनहरू, एनजीओ तथा आईएनजीओसँगको सम्बन्ध र नेपालमा पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। भिजिट नेपाल २०११ मा महत्त्वपूर्ण योगदान गरेका सापकोटा भिजिट नेपाल युरोप क्याम्पेन २०१७ को कोअर्डिनेटर भएर काम गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.