|

काठमाडौं : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन  र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.