|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ।  बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ। उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको हो।

पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए।

बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरुको भनाइ छ। 

सभापति देउवाको बेथितिविरुद्ध लड्न थापाले शर्मा र पौडेलसमेतलाई संस्थापन इतरसमूहमा जोड्नुपर्ने मुद्दा उठाउँदै आएका थिए तर कोइराला इच्छुक थिएनन्। 

कोइराला–थापाबीचको अविश्वासले केन्द्रीय कार्यसमिति बैठकअघि समूहका पदाधिकारी र सदस्यबीच छलफल गरेर सामूहिक धारणा बनाउने प्रचलनसमेत यसअघिको केन्द्रीय कार्यसमिति बैठकमा तोडिएको थियो। 

इतरसमूहका नेताहरूले निरन्तर दबाब दिएपछि कोइराला यस पटक शर्मा र पौडेललाई बैठकमा सहभागी गराउन सहमत भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.