|

काठमाडौं : सिख नेता हरदीप सिंह निज्जरको हत्यापछि भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउनुभएको छ। निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले पनि भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेको बिबिसी हिन्दीले जनाएको छ। 

यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित निज्जरको गोली हानी हत्या गरिएको थियो। केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए। 
भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री नदेन्द्र मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए। 

तर, भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ। ट्रुडो स्वदेश फर्केको केही समयपछि भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा वार्ता रोकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.