|

काठमाडौँ : नेपालमा संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। विसं २०७२ साल असाेज ३ गते संविधान जारी भएकाे दिन भाेलि नवाैँ संविधान दिवस मनाइँदै छ।

संविधानमा लेखिएका मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन भने अझै बनेका छैनन्। ​दलहरु सत्ता कै लुछाचुँडीमा केन्द्रीत हुँदा कानुन निर्माणको थलो संसद बन्धक बनेको छ।

सत्तामा हुँदा ठिक विपक्षमा पुग्दा सबै बेठिक भन्ने प्रवृत्तिले एकातिर कानुन नै बन्न सकेको छैन भने अर्कोतिर बनेका कानुन कार्यान्वयन भएका छैनन्। जनताले जिताएका जनप्रतिनिधि कानुन बनाउनेभन्दा पनि प्रधानमन्त्री फेर्न दौडिने गरेका छन्। 

चुनावका बेला नेपाललाई कायापलट गरिदिने घोषणा गर्ने नेताहरु सत्तामा पुगेपछि काण्डैकाण्ड मच्चाउन व्यस्त हुदाँ लाखौँ युवापुस्ता विदेश जाने लाइनमा छन्। देश बनाउने योजना र संकल्प नभएपछि स्वदेश मै केही गरौँ भन्नेहरु पनि विरक्तिएका छन्। 

सत्ता टिकाउन टिकापुर हत्याकाण्डका मुख्य योजनाकार ठहर गरिएका रेशम चौधरीलाई आम माफी दिएर संवैधानिक मूल्य र मान्यताको खिल्ली उडाएको सरकारले योभन्दा तल झर्ने ठाउँसमेत बाँकी राखेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.