|

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले दिगो र समावेशी लोकतन्त्र निर्माणमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन्। 

नवौँ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राजदूत थप्सनले नेपाल सरकार र नेपाली जनतासँग संविधान दिवस मनाउन पाउँदा आफूले सम्मानित महशुस गरेको उल्लेख गरेका छन्। 

उनले नेपालको लोकतन्त्रान्त्रिक मूल्य मान्यताको प्रवर्धनमा अमेरिका सधैँ हातेमालो गर्न तयार रहेको समेत जनाएका छन्। 

२०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउँदैछ। आज सार्वजनिक बिदा पनि दिइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.