बिदामा पढाएर क्षतिपूर्ति दिने निर्णय

|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको निर्देशन र चेतावनी विपरित महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै शुरू भएको आन्दोलनमा स्कुल बन्द गरेरै सहभागि हुने निर्णय गरेका छन्।

आज साँझ बसेको उपत्यकाका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको हो। उनीहरूले विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति अन्य बिदाका दिनमा पढाएर पूर्ति गर्ने जनाएका छन्।

'विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरी देशभरीका विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनी सुरू गरेको कार्यक्रमकाे समर्थन छ', विज्ञप्तिमा भनिएको छ, 'अर्को सूचना नआएसम्मका लागि काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले माइतीघर मण्डलमा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्ने निर्णय गरेको छ।'
 
काठमाडौँ महानगरपालिकाले भने पठनपाठन रोके कारबाही गर्ने चेतावनी दिइसकेको छ।

महानगरपालिकाका प्रमुख बालेन साहले पनि शिक्षा विधेयकमा असहमति रहेको तर विधेयकको विरोधमा स्कुल नै बन्द नगर्न अनुरोध गर्दै कारबाही हुने चेतावनी दिएका थिए। उनको चेतावनीका बीच शिक्षकहरूले आन्दोलनमा सहभागि हुने निर्णय गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.