काभ्रेपलान्चोक : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज‘थकान बिदा’ दिने निर्णय गरेको छ।
कार्यालयले सूचना जारी गर्दै नवौँ संविधान दिवसको अवसरमा नगरपालिकाले नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नका लागि तीन दिनदेखि निरन्तर खटिएको र उक्त क्रममा नगरका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि थकित भएका कारण कार्यालय अन्तर्गतका सबै निकायको सेवा बन्द हुने जनाएको हो।
नगरपालिकाले सूचना जारी गर्दै बिहीबार नगरपालिका कार्यालयका साथै त्यस मातहतका कार्यालयहरू, विद्यालयलगायतका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी संस्थाहरूलाई बिदा गरिएको उल्लेख छ।
नवौँ संविधान दिवसको अवसर पारेर बुधवार बाजागाजासहितको र्यालीसहित बजार परिक्रमा गरी नयाँ भवनमा पूजाआजा गरी नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको हो।
नगरपालिकाले बुधवारबाट नयाँ भवनबाट सेवा सुरु गरे पनि राजनीतिक दलहरूलाई बेवास्ता गर्दै नयाँ भवनमा सर्ने निर्णय गरेको भन्दै केही जनप्रतिनिधिले कार्यक्रम बहिष्कार समेत गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।