|

काठमाडौं : ​आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका स्वकीय सचिव झिल खिम्बुले राईले अहिले वार्ता भइरहेको जानकारी दिए।

उनका अनुसार वार्तामा गृहमन्त्री, शिक्षामन्त्री र नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी छन्। अहिलेसम्मको वार्ता सकारात्मक नै रहेको उनले जानकारी दिए। ‘वार्ता सकारात्मक नै भइरहेको छ। सम्भवतः सहमति जुट्छ’, उनले भने।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध असोज ३ गतेदेखि देशभरका शिक्षक आन्दोलित छन्। सामुदायिक विद्यालयको पठनपाठन नै बन्द गरेर आज पनि उनीहरू आन्दोलनमा सहभागी हुँदै छन्। 

यसअघि बुधबार र बिहीबार पनि उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.