काठमाडौं : एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन्। सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ।
को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन्।
यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन्।
एनएमबि बुद्घ भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।