काठमाडौं : नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेसले विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न र पार्टीको एकीकृत धारणा बनाएर अगाडि बढ्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाएको हो।
बैठक संसद् भवन नयाँ वानेश्वर स्थित लोत्से हलमा बैठक बस्ने जनाइएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले संसदीय दलको बैठक बोलाइएको जानकारी दिए।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।