|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि गिराउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरिएको छ। 

जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरेकी हुन्। 

पार्टीको आधिकारिक धारणा नआउँदा फरक धारणा गएको भन्दै उनले पार्टीको धारणा माग गरिन्। 

‘अहिलेको सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा पार्टीको आधिकारिक धारणा आओस्। गठबन्धन बनाउने कि भत्काउने भन्ने विषयमा सबैको एउटै धारणा जान सकोस्’, उनले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.