|

काठमाडौं : संघीय संसदको विषयगत समितिले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्ने भएको छ। 

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विधेयकबारे आन्दोलनकारी शिक्षकसँग छलफल गर्न लागेको हो । 

असोज ७ गते आइतबार बस्ने बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असन्तुष्टी जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरुसँग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ। 

समिति सचिव डा.रोजनाथ पाण्डेका अनुसार बैठक आइतबार दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ। 

विधेयकको विरोधमा देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.