|

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले चिनीको मूल्य वृद्धि भएपछि अनुसन्धान तीव्र पारेको छ। अनुगमन टोलीले आज न्यु रविनराज ट्रेडिङ कन्सर्न सुविधानगरमा छापा मार्दा चिनीमा ३० प्रतिशतसम्म नाफा लिएर बेचेको फेला परेको छ। 

ओम शिवशक्ति ट्रेडिङ कन्सर्न कुलेश्वरबाट भदौ २९ गते एक सय १ रुपैयाँ प्रतिकिलोमा किनेको चिनी सोही दिनमै १३० रुपैयाँमा बेचेको पाइएको प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्ग श्रेष्ठका अनुसार कालोबजार सम्बन्धी ऐनले कुनै पनि माल वस्तुमा २० प्रतिशत नाफा लिन नपाइने व्यवस्था गरेको छ। 

चिनीमा ५, ६ तहमा रहेर सञ्जाल बनाई कालोबजारी गरेको पाइएपछि कालोबजारी ऐन आकर्षित गरी आवश्यक अनुसन्धान अघि बढाउने तयारी प्रशासनको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.