|

काठमाडौं : असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि हजार ६२ हजार ४ सय ८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ६३ हजार २० जनाले उम्मेदवारी दर्ता गराएकोमा ६ सय १२ जनाले फिर्ता लिएका निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको चुनावमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका २८७४ वटा वडाबाट १५ हजार ३८ जना जनप्रतिनिधि चयन हुँदैछन्। प्रदेश १ का १४ वटा जिल्लाका १ सय ३७ स्थानीय तहका ११ सय ५७ वटा वडाबाट २४ हजार ६ सय ५२ जनाले प्रतिस्पर्धा गर्दैछन्।

त्यस्तै प्रदेश ५ को १२ वटा जिल्लाका १ सय ९ स्थानीय तह र ९ सय ८३ वडाबाट २३ हजार ४ सय ५० जनाले प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। प्रदेश नम्बर ७ का ९ वटा जिल्लाका ८८ स्थानीय तह र ७ सय ३४ वटा वडाबाट १४ हजार ३ सय ७ जनाले प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनमा प्रत्येक वडाबाट ५ जना प्रतिनिधि चयन हुनेछन् भने नगरपालिका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.