|

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन्।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मानिसहरूले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, समर्पित व्यक्ति छानेर भोट हाल्ने गरेको बताए। उनले जनताले जातिभन्दा पनि देशलाई सहयोग गरिरहेको बताए।

उनले भने, ‘अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्नेभन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ। अहिले मान्छेले बुझेका छन्। जो विज्ञ छ, सेवा गर्छ, सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ। यो राम्रो कुरा हो।’

सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसके पनि मुस्लिम धर्मावलम्बीहरूका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.