|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सुरक्षाको सन्दर्भमा केही क्षेत्रमा सुरक्षा थ्रेट रहेको बताएका छन्।

गृह मन्त्रालयले कोशी प्रदेश विराटनगरमा आयोजना गरेको सुरक्षासम्बन्धी समसामयिक छलफलमा बोल्दै  यस्तो बताएका हुन्।

'प्रदेश सुरक्षाको सन्दर्भमा केही क्षेत्रमा सुरक्षा थ्रेटहरू छ। धेरै ठाउँमा पनि छैन। केही निश्चित ठाउँमा मात्र छ' मुख्‍यमन्त्री कार्कीले भने, 'हुन त सदियौँदेखिको स्थापित सामाजिक सद्भाव हो त्यति सजिलोसँग भड्किँदैन होला। तरपनि छिमेकी देशमा दङ्गा चलिरहेकोको छ त्यहीँका बाछिटा यता नआउला कि भन्न सकिन्न।'

अहिले कोशीमा, सर्लाही मलंगवामा देखिएको जातीय र धार्मिक समस्याले मणिपुरमा जस्तो हुनसक्नेतर्फ सचेत हुनुपर्ने कार्कीले बताए।

प्रदेशको नामकरणकोपछि स्वयं जिम्मेवार राजनीतिक दलहरुको प्रतिक्रियाले समेत थ्रेट सृजना भएको कार्कीले टिप्पणी गरेका थिए। तर, सहमति गरेकै नेताहरूले अहिले विपक्षमा बोलेको कारण सुरक्षा थ्रेट बढेको दाबी गरे।

संविधानको व्यवस्थाअनुसार प्रदेशले नामकरण गरेको बताउँदै उनले कुनै राजनीति पार्टीले गलत भनेको भए सच्याउने भनिएकाले समस्या आएको उनले बताए। प्रदेशको नाममा चित्त नबुझे पनि निषेध गर्न नमिल्ने उनको भनाइ थियो। प्रदेशका ८३ सांसदमध्ये पनि एमाले केन्द्रित आक्रमण भएको उनले गुनासो गरे।

नेपालको सुरक्षा संयन्त्र बलियो रहेको बताउँदै त्यसलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने बताए। राजनीतिक पार्टीहरूले नजानेरै भए पनि समर्थन दिएको कारण पनि सामाजिक सद्भावमाथि आक्रमण भइरहेको उनको भनाइ छ।

'हाम्रो सुरक्षा निकाय निकै बलियो छ। धेरै घटनाहरुले त्यसलाई पुष्टि गरेको छ' कार्कीले भने, 'तर, त्यसलाई कहिलेकाहीँ हामी राजनीतिज्ञहरूले नै बिगार्छौं। त्यसलाई स्वतन्त्र रूपमा छोड्दिऔँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.