|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी गरेका छन्। 

पार्टीको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सोमबार सम्बोधन गर्दै ओलीले शिक्षकहरूलाई विभाजन गरेको आरोप लगाए। 

‘सरकारलाई ढुक्क लागेको होला शिक्षकभित्र स्थायी, अस्थायी, करारावाला भनेर विभाजन गरेँ, केहीलाई फिर्ता गरेँ, केहीलाई सडकमा पठाएँ, कमजोर भयो भनेर ।’ ओलीले भने, ‘म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन। सत्य एउटै हुन्छ । सत्यसँग सिङ नजुदाउनुस्, ढिलो चाँडो भाँचिन्छ। शिक्षकहरूसँग दम्भ नदेखाउनुस्‚ चलाखी नगर्नुस्।’ 

सरकारसँग शुक्रबार ६ बुँदे सहमतिसँगै नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकहरूले त्यसलाई धोका भन्दै आन्दोलन जारी राखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.