|

भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२:३० बजे दुर्घटना भएको हो। कारमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले भने, “शहडोल जिल्लाबाट कारमा आएका पाँच जना गत राति जिल्लाको एक दाभामा खाना खाएर फर्किने क्रममा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा नै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।”

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान सुरु गरेको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र त्यसपछि परिवारको जिम्मा लगाइने मारवीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.