|

तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा आज पोखरामा मृत्यु भएको हो। तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो। 

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.