|

काठमाडौं :  अजरबैजान र अर्मेनियाको सीमा क्षेत्रमा जारी तनावकाबीच हजारौँ मानिस विस्थापित भएका छन्। ​

अजरबैजान र अर्मेनिया दुवैले दाबी गर्ने गरेको नागोर्नाे–काराबाख क्षेत्रमा भएको लडाईँपछि हालसम्म साढे ८ हजार बढी मानिस विस्थापित भइसकेका छन्। यसै हप्ता उक्त क्षेत्रमा भएको लडाईँमा दुई सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो।​  कयौँ मानिस घाइते भएका थिए।

अर्मेनियाली जनजातिहरुको बाहुल्य रहेको नागोर्नो–काराबाखमा भएको लडाईँमा अजरबैजान हाबी भएपछि त्यहाँका आदिवासीहरु थातथलो छोडेर भागिरहेको बीबीसीले जनाएको छ। 

त्यहाँ झण्डै १ लाख २० हजार मानिसको बसोबास रहेको छ। अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले उक्त क्षेत्रमा अजरबैजानले जातीय सफाया चलाएको आरोप लगाए। 

यसैबीच विस्थापितहरु भागिरहेको समयमा एक पेट्रोल पम्पमा शक्तिशाली विस्फोट भएको छ। उक्त घटनामा २ सयभन्दा धेरै घाइते भएका छन्। अधिकांश घाइतेको अवस्था गम्भीर रहेको छ।

आक्रमणको जिम्मा कसैले लिएको छैन। नागोर्नो–काराबाख छोडिरहेका व्यक्तिहरु आफ्ना सवारी लिएर पेट्रोल पम्पमा इन्धन भर्न जम्मा भएको समयमा विस्फोट भएको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.