काठमाडौं : शिक्षकहरूले आज पनि माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन्। मंगलबार नेपाल राहत शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, नेपाल बाल विकास शिक्षक संघर्ष समिति लगायतका विभिन्न ८ वटा संघ संगठनले आन्दोलन गरिरहेका छन्।
हिजो(सोमबार) सडकमै सुतेर आन्दोलन गरेका थिए। आज भने उनीहरूले सिठी बजाएर विरोध प्रदर्शन गरेका छन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए। ‘हामी आन्दोलन रोक्दैनौँ,निरन्तर जारी राख्छौँ,’उनले भने।
उनीहरूले विद्यालय शिक्षा विधेयक विरुद्ध असोज ३ गतेदेखि नै विरोध प्रदर्शन गरिरहेका छन्। तीन दिनसम्म प्रदर्शन गरिसकेपछि गत शुक्रबार सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको थियो। तर,उक्त सहमतिमा मागहरू समावेश नभएको भन्दै ती शिक्षकहरूले भने आन्दोलन जारी नै राखेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।