|

काठमाडौं : सम्पदा संरक्षण अभियन्ताहरूले ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएकाे व्यापारिक छायाँदेवी कम्प्लेस भवन भत्काउनुपर्ने माग गरेका छन्। पहुँच र शक्तिको आडमा ऐतिहासिक पोखरी मासेर व्यापारिक भवन बनेको भन्दै उनीहरूले उक्त भवन भत्काउन निरन्तर माग गर्दै आएका छन्।

सम्पदा प्रेमी समाज,नेपालको आयोजनामा पनि उनीहरूले उक्त व्यापारिक भवन भत्काउन माग गर्दै गत शुक्रबार काठमाडौंमा जनप्रदर्शन गरेका थिए।  

कमलपोखरी र डिलसमेत गरी साढे २६ रोपनी जग्गामा हाल १५ तले छायाँदेवी कम्प्लेस भवन ठडिएको छ। सम्पदा अभियन्ता एवं ठमेलस्थित पुरातात्त्विक कमलपोखरी पुनःस्थापना अभियानका अध्यक्ष भागवत नरसिंह प्रधानले शक्तिको आडमा भवन बनाइएको बताए। राज्यले यसप्रति कुनै वास्ता नगरेको उनको गुनासो छ।

सांसदहरूले पनि उक्त भवन भत्काउन माग गर्दै आएका छन् तर सरकार भने यस विषयमा माैन छ। २०७९ चैत ३० गतेको प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वजनिक पोखरी मिचेर व्यक्तिको नाममा दर्ता गराई व्यापारिक भवन ‘छायाँदेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गर्न माग गरेका थिए।

उनले भनेका थिए, ‘काठमाडौं ठमेलस्थित बौद्ध विहारको सरकारी कमलपोखरी र वरपरको सरकारी जग्गासमेत ३० र ३५ रोपनी व्यक्तिको नाममा दर्ता गरी व्यापारिक भवन बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन जरुरी छ।’

(याे पनि)


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.