काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको मंगलम डाइगनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरामा अवस्थित होटल क्विक–२० एण्ड रिभर साइड प्रालिका सेवामा अधिकतम १० प्रतिशत, मकवानपुरको हेटौंडामा अवस्थित रेगल हेटौंडा रिसोर्ट प्रालिका सेवामा अधिकतम १५ प्रतिशत, कैलालीको धनगढीमा अवस्थित निसर्ग हस्पिटल प्रालिका सेवामा अधिकतम २० प्रतिशत, मकवानपुरको हेटौंडामा अवस्थित विशुद्ध मोमोचाका सेवामा १० प्रतिशत र चितवनको भरतपुरमा अवस्थित कविलास रिसोर्ट एण्ड फनपार्कका सेवामा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकको छ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।