|

दाङ : जिल्लामा  दाङमा प्रहरीले  ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  उनलाई  अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो।

 बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी उनी फरार रहेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए। उनका अनुसार  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.