|

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरु लागिपरेको बताएका छन्।

सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझीकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिरसमेत गरे। बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुनेसमेत बताए।

उनले चिकित्सकहरूमाथि हातहात हुनु अत्यन्तै दु:खद भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानुन बनाउनुपर्ने बताए। उनले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको तर्कसमेत गरे।

पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाइ थियो।

उनले भने, ‘अहिले यो विकृतिको सबैभन्दा चरम सीमा जस्तो देखिन्छ। व्यवस्थापनको अकर्मण्यता पनि देखिन्छ। तेस्रो मुलुकको मूलतत्व के हो भन्ने कुरा नबुझेको पनि देखिन्छ। अहिले डाक्टरहरु जुन आन्दोलनमा हुनुहुन्छ। जो मानिसको जीवनसँग जोडिएको छ। ती डाक्टरहरुमाथि हातपात हुनु अन्यन्त दुखद् कुरा हो। दोस्रो कुरा शिक्षासम्बन्धी जुन विधेयक आइरहेको छ। यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन। सरकारले सम्बन्धित निकायसँग कुरा नगरीकन हतारमा पेश गर्‍यो। त्यसकारणले टिचरहरुले आन्दोलन गरे। अब नेपालको शिक्षा नबनीकन त नेपाल बन्दैन।'

सांसद भण्डारीले जनताको विश्वास जित्नेगरी कानुन बनाउने काम आफूहरुले गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.