काठमाडाैँ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन्।
बुधवार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्डमा उनले यस्तो बताएका हुन्।
उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण भएका घटना देखेकाले सर्पदंशका विरामीको देशमै उपचार हुनुपर्ने र औषधि पनि देशमै बन्नुपर्ने माग सम्बोधनका लागि आवाज उठाएको बताए। उनले आफूले नचाहँदा पनि आफ्नाे नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनभिज्ञ रहेको बताए।
उनले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पारे।
पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका खनालले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताए।
उनले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताए। उनले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा, व्यवसाय नभएको स्पष्ट पारे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।