काठमाडौं : फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत ईः र काठमाडौँ महानगरबीच आज सहमति भएको छ।
उनीहरूबीच बुधवार राति चारबुँदे सहमति भएको हो। सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। सहमतिसँगै ईःले आजैबाट आन्दोलन स्थगित गरेका छन्।
सहमतिपत्रमा जफत गरिएका सामान सम्बन्धित धनीलाई फिर्ता गर्ने‚ फूटपाथ व्यापार व्यवसायलाई व्यवस्थित गर्न समिति गठन गर्ने‚ साविकमा फूटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि महानगरभित्र उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।