|

विराटनगर : कोशी प्रदेश सरकारले उराव तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले  असोज १२ गते हुने करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झाँगड  समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यस्तै झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन  सिफारिस गर्ने निर्णयसमेत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले जानकारी दिए।

 उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय समेत भएका जानकारी दिँदै उनले  कृषि आयमा लगाउँदै आएको कर प्रदेश  सञ्चितकोषमा  दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने  निर्णयसमेत भएको उनले बताए।

प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय भएको बताउदै उनले भने,‘सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय भएको  छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.