|

काठमाडौँ : लमजुङकी सुकमाया दुराको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको घटनाका सम्बन्धमा अस्पताल र पीडित परिवारबीच आज छ बुँदे सहमति भएको छ। 

मृतक दुराको मृत्युका सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुल्ला रहने र दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनका कार्यक्रम आजैका मितिबाट स्थगित गर्ने गरी सहमति भएको हो।

सहमतिपत्रमा मृतक दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका भित्र हरेक वर्ष विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उल्लेख छ। 

यस्तै अल्पसंख्याक दुरा जातिका लागि दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की तथा स्थानीय निकायको वडा कार्यालयले गरिब तथा विपन्न परिवार भनि सिफारिस गरेको अवस्थामा मणिपाल शिक्षण अस्पताल प्रशासनले त्यस्ता विरामीको उपचारमा छुट गराउने र निःशुल्क गर्ने पनि सहमति भएको छ। 

सहमतिपत्रमा विनय गुरुङविरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत कसूरमा कानूनी रित पुयाई यथासिघ्र सहजीकरण गर्ने पनि उल्लेख छ। 

उक्त घटनापछि मणिपाल अस्पतालमा झडपको स्थिति सिर्जना भएको थियो भने चिकित्सकहरु आन्दोलित भएका थिए।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.