|
प्रतीकात्मक तस्विर

तनहुँ : अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमा दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्। 

व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हलका सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसन चौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’दिई उपचार गराएको प्रहरीले बताएको छ।

त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेंगु संक्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिब्योटिक्सको माध्यमबाट उपचार गराएको प्रहरीको भनाइ छ। 

उनीहरूविरुद्ध बिहीबार नै तनहुँ जिल्ला अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.