कर्णालीमा पनि उस्तै

|

काठमाडौ‌ं : नेकपा एमाले बागमती प्रदेशको पाँचौ दिन पनि नेतृत्व चयन हुन सकेको छैन्। बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि अझै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेको छैन्। 

विहान ९ बजेसम्म अन्तिम नामवली प्रकाशन हुने र त्यसपछि मतदान प्रक्रिया अगाडि बढाइने तयारी छ। ११ बजेपछि मतदान हुन सक्ने नेताहरुले बताएका छन्। अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने भएको छ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएपनि तीन जनाले उम्मेदवारी फिर्ता गरेपछि उनीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो। केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र  केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिए। एमाले बागमती प्रदेश अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय कमिटी चयन गर्नेछ ।  

कर्णालीमा किचलो  

कर्णाली प्रदेशको अधिवेशन जारी छ। सुर्खेतको सिटी हलमा बुधबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशन जारी रहेको हो। अधिवेशनको बन्दसत्र चलिरहेको छ।  नयाँ नेतृत्वका लागि मतदान अनिश्चित जस्तै छ। सहमतिमा नयाँ नेतृत्व चयनको प्रयास जारी छ। सर्वसहमति हुन नसके निर्वाचन हुनेछ। 

यस्तै हिजोको बन्दसत्र अगाडि एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएका छन्।  कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाहीले आकांक्षा देखाएका छन्।  कर्णाली अधिवेशनमा आएका ६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन्। 

कोशीमा आजदेखि सुरु हुँदै

कोशी प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।  विराटनगरमा दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनेछन्।  यस्तै सम्पर्क मञ्च र कमिटीबाट पनि नेताहरुलाई आमन्त्रण गरिएको छ।

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन्।  अधिवेशनले पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ। कोशी प्रदेशको नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने नेताहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.