काठमाडौँ : नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा ११ सय ३५ मत खसेको छ। मतदान ८ घण्टा चलेको थियो।
पहिलो बागमती प्रदेश अधिवेशनमा अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन्।
त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन्। सचिवमा नवराज सिलवाल र हस्त पण्डित प्रतिस्पर्धामा छ।
पदाधिकारी र सदस्य गरी २४० सदस्यीय कमिटीमा ७९ पदका लागि २९० जना उमेदवार छन्। विद्युतीय भोटिङ मेसिनको प्रयोगबाट गरिएको मतदानको परिणाम आजै आउने बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।