|
फाइल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ। 

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरूले उठेर अवरुद्ध पारेका हुन। बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरूलाई आग्रह गरिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उनको आग्रह छ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिएका छन्। उनले चीन भ्रमणबाट मुड फ्रेस गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको मुड अफ हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.