|

काठमाडौं :  काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ। 

आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको भन्दै हाल केएमसीमा अध्ययनरत चिकित्सकहरूले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन्।

उनीहरूले शनिबार सरकार चिकित्सकबीच सहमतिको आधारमा नै ओपिडीमानै पुगेर चिकित्सक माथि हातपात गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। 

स्वास्थ्यकर्मीहरू डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.