मतदानमा ६१६ जना मतदाता सहभागी हुँदै

|
फाइल तस्वीर

काठमाडौं : नेपाल एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ।

आज (आइतबार) वीरेन्द्रनगरको सिटी हलमा जारी मतदानमा हालसम्म २१० मत खसेको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए।

मतदानमा कर्णालीका १० जिल्लाका ६१६ जना मतदाता सहभागी हुने छन्। एक जनालाई २० देखि २५ मिनेटसम्म मतदान गर्न समय लाग्ने निर्वाचन प्रमुख खनालले बताए।

कर्णालीमा अध्यक्षका लागि ३ जनासहित उपाध्यक्षका लागि ३ जना, सचिवका लागि २ जना, उपसचिवका लागि ३ जना प्रतिस्पर्धामा छन्। अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकाया चुनावी मैदानमा छन्।

कर्णालीमा एमालेको ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित हुने छन्। जसमध्ये ४४ भन्दा बढी जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन्।

दिउँसो साढे १ बजे शुरु भएको मतदान बेलुकी साढे ६ बजेसम्ममा सकिने निर्वाचन प्रमुख खनालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.