|

काठमाडौँ : चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा देशमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको माल वस्तुको आयात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात १ दशमलव ६९ प्रतिशतले बढेको छ।

भन्सार विभागले आज (आइतवार) सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार ३ महिनामा नेपालको निर्यात भने २ दशमलव २६ प्रतिशतले ओरालो लागेको छ। 

विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको छ। गत वर्षको ३ महिनामा ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

सो अवधिमा नेपालको ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत वर्षको यही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा ३  खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ बराबर रहेको छ। गत वर्षको सोही अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.