|

काठमाडौँ : आज धनतेरसको दिन सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा र गहना किनेर घरमा ल्याउनेका कारण बजारमा भीड लागेको छ।

तिहारको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ। विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ। घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ।

तिहारमा मुख्यतया धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्व अचेल मनाउन थालिएको छ। सन्ध्याकालमा दीप प्रज्वलनसँगै धनतेरसको पूजा गरी ‘लक्ष्मीपूजा’ शुरु हुन्छ।

पर्व विशेषका कारण आज तामा, पित्तल र काँसका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड देखिन्छ। आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.