|

महेन्द्रनगर : नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशको जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ।

गत कात्तिक १७ गते राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितहरूलाई नगद सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव देवबहादुर बोहराले जानकारी दिएका छन्।

उनका अनुसार भूकम्प प्रभावितहरूलाई तत्काल उद्धार तथा राहत प्रदान गरि मानवीय पीडा कम गर्न यस प्रदेशले र यसअन्तर्गतका ९ वटै जिल्ला शाखाहरू उपशाखा र जुयू रेडक्रसमार्फत सहयोग रकम संकलन गरि नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशसँगको समन्वयमा जाजरकोट जिल्ला शाखालाई ९० हजार र पश्चिम रूकुमलाई ८२ हजार २२५ रूपैयाँ गरि जम्मा १ लाख ७२ हजार २२५ रूपैयाँ आर्थिक सहयोग गरिएको छ।

उक्त सहयोगमा यस प्रदेशका ९ वटै जिल्ला शाखाहरू र प्रदेश कार्यसमितिको संयुक्त रूपमा गरिएको हो। जसमा कञ्चनपुर जिल्ला शाखाद्वारा २० हजार १५५, कैलाली जिल्ला शाखाद्वारा २० हजार १०५, डडेल्धुरा जिल्ला शाखाद्वारा १० हजार रुपैयाँ सहयाेग गरिएकाे छ।

डोटी जिल्ला शाखाद्वारा १० हजार, अछाम जिल्ला शाखाद्वारा १० हजार, बाजुरा जिल्ला शाखाद्वारा २० हजार, बझाङ्ग जिल्ला शाखाद्वारा २० हजार, बैतडी जिल्ला शाखाद्वारा १० हजार र दार्चुला जिल्ला शाखाद्वारा ४१ ह्जार ९६५ र प्रदेश कार्यसमितिले १० हजार रुपैयाँ गरि संयुक्त रूपमा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयलाई १ लाख ७२ हजार २२५ रूपैयाँ सहयोग गरिएको छ।  

नेपाल रेडक्रस सोसाइटीले विपदको समयमा अग्रणी भूमिकामा रहेर उद्धार तथा राहतको काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव बोहराले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.