|

रोल्पा  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ गाउँपालिकास्थित थवाङ खोला पक्की पुलको आज उद्घाटन गरेका छन्। उक्त पुलको लम्बाइ एक सय ६९ मिटर रहेको छ। सो  अवसरमा उनले सहिदमार्ग कालोपत्र, थवाङमा फलफूल र जडीबुटी परियोजना  र रोल्पाका सबै स्थानमा विद्युत् सेवा विस्तार गरिने जानकारी दिए।

प्रधानमन्त्री दाहालले आज नै  थवाङमा आयोजित गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै फुट र विभाजनका कारण माओवादी शक्ति केही कमजोर भएको जनाउँदै यसलाई शक्तिशाली बनाउन एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताए।

उनले भने , “माओवादी धारको एकीकरण यथाशीघ्र हुन्छ । पार्टी एकताका लागि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग निकटता रहेकाले यसले यथाशीघ्र मूर्तरुप लिन्छ।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.