हमासको आक्रमणबाट इजरायलीको ज्यान गुमाउनेको सङ्ख्या परिमार्जन भएको छ ।
इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदाय र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट मृत्यु हुने इजरायलीको सङख्या एक हजार २०० रहेको बताइएको छ ।
स्रोतले सिन्ह्वालाई बताएअनुसार आक्रमणमा मृत्यु हुनेको ठूलो सङ्ख्या अक्टोबर ७ गरिएको हमास लडाकुको आक्रमणबाट भएको थियो भने, केही रकेट प्रक्षेपणबाट भएको थियो।
बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्यांकअनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ, जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका थिए।
मृतकको सङ्ख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको छ टाइम्स अफ इजरायलले जनाएको छ।
इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायल–हमास द्वन्द्वको यस चरणमा ३५४ इजरायली सैनिकको मृत्यु भएको छ। हमास लडाकुहरूसँगको लडाइँमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको बताइएको छ।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनीहरू मारिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।