|
जाजरकोटका भूकम्प पीडित

स्याङ्जा : जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित बनेकाको सहयोगका लागि स्याङ्जाका तीन नगरपालिकाले झण्डै १३ लाख सहयोग गरेका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै स्याङ्जाका गल्याङ, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले १२ लाख ७७ हजार तीन सय ५५ उपलब्ध गराएका हुन्।

स्याङ्जाको गल्याङ नगरपालिकाले चार लाख, भीरकोट नगरपालिकाले तीन लाख र फेदीखोला गाउँपालिकाले पाँच लाख ७७ हजार तीन सय ५५ सहयोग गरेका हुन्।

गल्याङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीबाट दुई लाख र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख गरी कूल रु चार लाख उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.