|

काठमाडौं : विराट कोहली ५४ रन बनाएपछि बोल्ड भएका छन्। ५१औँ एकदिवसिय शतक बनाउने धुनमा रहेका उनी गतिलो ब्याटिङ गरिरहेका वेला अस्ट्रेलियाली कप्तान प्याट कमिन्सको बलमा आउट भए।

कमिन्सको बल कोहलीले क्लियर गर्न खोज्दा इनसाइड एज लागेर स्टम्प ढलेको थियो। स्टम्प ढलेपछि कोहली विस्मित भएका थिए।

उत्कृष्ट लयमा रहेका उनले गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज (आइतबार) भइरहेको फाइनलमा ५६ बलमा अर्धशतक पूरा गरेका थिए। उनले ६३ बल खेलेर ४ चौकाको सहायतामा ५४ रन बनाए।

१० ओभर २ बलमा ८१ रनमा ३ विकेट गुमाइसकेको भारतको पाली त्यसपछि कोहली र केएल राहुलले सम्हालेका थिए। 

राहुल पनि अर्धशतक नजिक पुगेका छन्। उनी ८१ बलमा ४८ रन बनाएर अविजित छन्।

ओपनिङमा शानदार शुरुआत गरेका कप्तान रोहित शर्मा दोस्रो विकेटको रुपमा ४७ रन बनाएर आउट भए। उनले ३१ बलमा ४ चौका र ३ छक्का हिर्काए। ४ रन बनाएर श्रेयस ऐय्यर पनि आउट भए। ओपनर सुभमन गिल ४ रन बनाएर आउट भए। 

भारतले अहिले ३३ ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएर खेलिरहेको छ। 

कप्तान प्याट कमिन्सले विकेट तथा मिचेल मार्स र ग्लेन म्याक्सवेल १/१ विकेट लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.