|

काठमाडौँ : नेकपा (एमाले)ले भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ। 

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रबन्ध गर्न आग्रह गरिएको छ। 

सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीलाई समयमा आवास र उपचार उपलब्ध गराउन नसक्दा दुःखद घटना भएको एमालेले जनाएको छ। 

यसैगरी एमालेले भूकम्पपीडितहरुको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्नका लागि भूकम्पप्रभावित क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको संयोजकत्वमा एक हजार एक सय जनाको स्वयमसेवक टोली खटाएको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.