काठमाडौँ : काठमाडौँ प्रशासनले माइतीघर–बानेश्वरलगायत क्षेत्रमा सभा, सम्मेलन गर्न रोक लगाएपछि राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले यही सात गते गर्ने भनिएको कार्यक्रमको स्थान परिवर्तन गरेको छ।
नेकपा एमाले निकट युवा संघ र विद्यार्थी सङ्गठनले यही मंसिर ७ गते माइतीघर मण्डलामा ‘युवा विद्यार्थी विशेष कार्यक्रम’ आयोजना गर्ने घोषणा गरेको थियो।
प्रशासनको रोकपछि उक्त कार्यक्रम तिनकुनेमा गर्ने निर्णय भएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।
नेपाल सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि निर्धारित कार्यक्रम सोही मितिको बिहान ११ बजे तीनकुनेमा गर्न लागिएको उनले आज एक विज्ञप्ति जारी गरी जनाएका छन्।
सोही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि कार्यक्रम गर्ने घोषणा गरेपछि सम्भावित जोखिम रोक्न स्थानीय प्रशासनले माइतीघर क्षेत्रमा भेला गर्न निषेध गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।